स्पेनिस ला लिगा जुनबाट शुरू गर्ने तयारी

काठमाडौं। स्पेनिस ला लिगा अधिकारीहरूले जुनबाट लिग शुरू गर्ने लक्ष्य राखेको जनाएका छन्।

कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको ट्रेनिङ क्लबहरूले यसै साताबाट पुनः शुरू गरेका छन्।

खेलाडी र स्टाफको स्वास्थ्य सुरक्षालाई प्राथमिकता राख्ने सुनिश्चित गर्दै स्पेनको खेलकुद अधिकारी र स्वस्थ्य अधिकारीबीच सम्झैता भएपछि दुई शीर्ष श्रेणी क्लबहरूले व्यक्तिगतरूपमा खेलाडीलाई प्रशिक्षण गराएका छन्।

खेलाडीहरू प्रशिक्षणमा फर्किनुअघि उनीहरूले अनिवार्य परीक्षण गर्नु पर्नेछ। गत मार्चबाट स्पेनिस लिग अनिश्चितकालका लागि स्थगित भएको थियो।

ला लिगामा ११ चरणको खेल बाँकी रहँदा बार्सिलोना शीर्ष स्थानमा छ। बार्सिलोना चीर प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा दुई अंकले माथि छ।

प्रतिक्रिया दिनुहोस्