काठमाडौं। गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा बीओपी संख्या ५०० पुर्‍याउने तयारी थालेको छ।

सशस्त्र प्रहरी बलका बीओपी संख्या बढाएर नाकामा थप कडाइ गर्ने तयारी शुरू गरिएको हो। सशस्त्र प्रहरी बल नेपालले आवश्यक खाका तयार पारेर आज गृहमन्त्री र मन्त्रालयका अधिकारीलाई बुझाएको छ।

नाकालाई थप कडाइ गर्न गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बललाई आवश्यक खाका तयार पारेर बुझाउन निर्देशन दिएका थिए।

सशस्त्र प्रहरी बल नेपालले विगत लामो समयदेखि भारतसँग सीमा जोडिएको क्षेत्रमा बीओपीको संख्या बढाउनुपर्ने माग गर्दै आइरहेको थियो। भारतसँग सीमा जोडिएको नेपालको एक हजार ८८० किलोमिटर क्षेत्रफलमा अहिले सशस्त्र प्रहरी बलका १२१ वटा बीओपी छन्।

“भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा, सीमा अपराध, चोरी तस्करी नियन्त्रण गर्न अहिले कायम बीओपी निकै कम थियो”, सशस्त्र प्रहरी बलका अवकाश प्राप्त एक एआईजीले भने, “सरकारले बीओपी बढाउने तयारी गर्नुले अब सीमामा सशस्त्र प्रहरी बलको उपस्थिति बलियो हुनेछ। यो सकारात्मक काम हो।”

भारततर्फ भने ५३० वटा बीओपी रहेका छन्। गृह मन्त्रालयले भारतकै अनुपातमा बीओपी राख्ने गरी अहिले गृहकार्य अघि बढाएको गृहका अधिकारीहरू बताउँछन्।

सशस्त्र प्रहरी बल नेपालका अनुसार थप हुने बीओपीका लागि करीब नाै हजार जनशक्ति आवश्यकता पर्नेछ। अहिले सशस्त्र प्रहरी बलका बीओपी १५ किलोमिटरको दूरीमा छन्। नयाँ बीओपी थप भएमा भारतकै बराबर ३ देखि ५ किलोमिटरको दूरीमा हुनेछन्।

बीओपी थप सम्बन्धी गृह मन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताए।

“अहिलेको प्रस्ताव राम्रो छ। बीओपी कहाँ राख्ने, कसरी राख्ने र आवश्यक पूर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउनुस्”, आजको बैठकमा सशस्त्रका आईजी शैलेन्द्र खनाललाई निर्देशन दिँदै थापाले भने, “शान्त, समृद्ध र स्वाधिन नेपालका लागि सीमा क्षेत्रको व्यवस्थापन अनिवार्य हो।”

तत्कालै वा चरणवद्ध रूपमा बीओपी स्थापनाको प्रक्रिया अगाडी बढाइने गृहमन्त्रीको भनाइ छ।

गृहसचिव महेश्वर न्यौपानेले सीमाको विषय संवेदनशील भएको भन्दै सीमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बीओपी बढाउनुको विकल्प नरहेको बताए।

भन्सार विभागको १११ ठाउँमा रहेको जग्गा बीओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए।

सशस्त्र प्रहरी बलमा कायम रहेका ८७ बीओपीबाट गृहमन्त्री थापाले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि थप गरेर १२१ पुर्‍याइएको हो। सीमामा बीओपीको संख्या २२१ पुर्‍याउने गृहमन्त्रालयको यसअघिको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत भइसकेको छ।

सशस्त्र प्रहरी बलका १२१ वटा बीओपीमा करीब पाँच हजार जनशक्ति कार्यरत थिए। अहिले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि अस्थायी रूपले १२ सय १३ पोष्ट बनाएर त्यहाँ ८ हजार ३८३ जनशक्ति खटिएका छन्।

गृहमन्त्रीले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएपछि अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति सीमामा परिचालन गरिएको छ।

" /> काठमाडौं। गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा बीओपी संख्या ५०० पुर्‍याउने तयारी थालेको छ।

"> नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी संख्या ५०० पुर्‍याउने गृहको तयारी: Dekhapadhi
नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी संख्या ५०० पुर्‍याउने गृहको तयारी

प्रतिक्रिया दिनुहोस्