प्रहरीका २४ एसपीको पदस्थापन: होविन्द्र बोगटी अपराध महाशाखा, बामदेव गौतम ट्राफिकमा (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरिएको छ।

गृह मन्त्रालयको १८ वैशाखको सचिवस्तरीय निर्णयबाट जनपद प्रहरी समूहतर्फ बढुवा भएका एसपीहरूको पदस्थापन गरिएको हो।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको १२ वैशाखको निर्णयअनुसार १८ वैशाखदेखि लागू हुनेगरी उनीहरूको पदस्थापन गरिएको छ।

पदस्थापन अनुसार होविन्द्र बोगटी महानगरीय अपराध महाशाखा टेकु, बामदेव गौतम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र तुलबहादुर कार्कीले महानगरीय प्रहरी परिसरल ललितपुर पुगेका छन्।

यसैगरी, संजयसिंह थापा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगाल, महेन्द्र खड्का सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राकेश सिंह गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देही पदस्थापन भएका छन्।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्