संसद् बैठकलाई कोरोना भाइरस संक्रमणबाट जाेगाउन छलफल <p>काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को बैठकलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा आज जानकारहरूसँग छलफल गरेका छन्।&nbsp;</p> <p>सभामुखको कार्यकक्षमा आज उनीहरूले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे र सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. दीर्घराज आरसीसँग छलफल गरेकाे सभामुखको सचिवालयले जनाएको छ ।</p> <p>संघीय संसद्अन्तर्गतका सभाहलमा सांसद्का लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको सामाजिक दूरी कायम हुने गरी बसाइँ व्यवस्थानको काम भइरहेको छ। संघीय संसद्को छैठौं बैठक २६ वैशाख अपरान्ह ४ बजेका लागि आह्वान भएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्