जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका पाँचजना बिरामी <p>तनहुँ। जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका पाँचजना बिरामी परेका छन्।</p> <p>देवघाट गाउँपालिका-५, साउनेका ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो।&nbsp;</p> <p>कृष्ण&nbsp; र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको छ। दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ।</p> <p>त्यसैगरी कृष्णकी श्रीमती ४० वर्षीया गौरी, छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायव निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्