तीनपटक आत्महत्याको प्रयास गरेका थिए शामीले !
काठमाडौं। भारतको तीव्र गतिका बलर मोहम्मद शामीले केही वर्षअघि व्यक्तिगत समस्याका कारण तीनपटकसम्म आत्महत्या गर्ने प्रयास गरेको बताएका छन्।
जसका कारण शामीको परिवारले उनलाई कडा निगरानीमा राख्नु परेको थियो। परिवारलाई शामी अपार्टमेन्टको २४औं तल्लाबाट हाम फाल्छन् की भन्ने डर थियो। शामीले यो कुराको खुलासा भारतीय टीमका सीमित ओभरका उपकप्तान रोहित शर्मासँग इन्स्टाग्रामको च्याटमा  खुलाएका थिए।
‘‘मलाई लाग्छ त्यतिबेला मेरो परिवारले सहयोग नगरेको भए, मैले क्रिकेट करिअर गुमाउने थिए। मेरो व्यक्तिगत तनाव तथा समस्या सुल्झाउन त्यस समय मैले तीनपटक आत्महत्याको प्रयास गरेको थिएँ’’, शामीले भनेका थिए।
त्यसपछि क्रिकेटमा केन्द्रित हुन संघर्ष गरेका शामी अहिले तीनै स्वरूपको क्रिकेटमा मुख्य बलर भएका छन्।
२०१८ मार्चमा शामीकी श्रीमती हसिन जहानले उनीविरुद्ध घरेलु हिंसाको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले शामीविरुद्ध अदालतमा मुद्दा दायर गरेकाे थियाे।
जहानले सामीविरुद्ध अन्य आरोप पनि लगाएकी थिइन्। शामीले पाकिस्तानी महिलामार्फत् दुबई हुँदै बेलायतमा पैसा पठाउने गरेको आरोप लगाएकी थिइन्। तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को ‘एन्टी करप्सन एजेन्सी’ ले अनुसन्धान गरी सफाइ दिएको थियो।
शामीको जीवनमा आएको उथलपुथलका कारण बीसीसीआईले उनलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’ बाट पनि हटाउन बाध्य भएको थियो। त्यसो त २०१५ को विश्वकप पछि उनको घुँडामा लागेको चोटका कारण उनले लय पनि गुमाएका थिए।
‘‘रिह्याबको समय निकै तनावपूर्ण रह्यो। हरेक दिन एकै किसिमको अभ्यास गर्नुपर्थ्यो। त्यसपछि पारिवारिक समस्या शुरू भयो र म आफैं पनि दुर्घटनाबाट गुज्रिए। २०१८ को आईपीएल शुरू हुनुभन्दा १०-१२ दिन अघि मेरो दुर्घटना भएको थियो। र, मेरो व्यक्तिगत समस्यालाई मिडियामा धेरै उचालिएको थियो’’, शामीले भने।
शामीले त्यतिबेला उनको परिवारले चट्टानजस्तो बनेर साथ दिएको बताएका छन्। उनको परिवारको साथका कारण उनी पुनः सामान्य अवस्थामा फर्किन सफल भएको बताएका छन्।
‘‘समस्या जति ठुलो भए पनि त्यसको समाधान पनि हुन्छ भनेर परिवारले मलाई सम्झाए। दाजुभाइले मलाई धेरै सहयोग गरे’’, शामीले भने। चोटबारे उनले थपे, ‘‘२०१५ को विश्वकपमा चोट लागेपछि मलाई पूर्णरूपमा फिट हुन १८ महीना लाग्यो, जुन मेरो जीवनको सबभन्दा पीडादायी क्षण थियो।’’
प्रतिक्रिया दिनुहोस्