कटुवा पेस्तोलसहित तीनजना पक्राउ

धनगढी । क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) ले एक थान कटुवा पेस्तोल सहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १२ का अविनाश थापा (२१), सोही ठाउँका नब्बु भनिने नवराज बराइली (२०) र विनोद कुँवर छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार धनगढी–७ जाखोरताल वनक्षेत्रमा लुकाइछिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल एक थान र त्यसको गोली एक राउन्ड बरामद भएको हो ।

आरआईटीका प्रहरी नायब निरीक्षक केशव जोशी नेतृत्वको समूहले पक्राउ गरेका तीनैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्