महिला मृत फेला
कैलाली । गोदावरी नगरपालिका २ की एक महिला बेपत्ता भएको चार दिनपछि आज मृत फेला परेकी छन् ।

स्थानीय गोदावरी राष्ट्रिय वनमा १९ वैशाखमा बाख्रा चराउन गएकी ६८ वर्षीया दुर्गादेवी जोशी आज सोही वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी आज बिहान ९ बजेतिर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए । महिला हराए पनि परिवारका सदस्यले प्रहरीलाई कुनै खबर नगरेको उनले जानकारी दिए ।

उनीसँगै बाख्रा हेर्न गएका अन्य व्यक्ति जंगली मौरीले लखेटेपछि भागेर घर आएको खुलेको छ । उनी भने घर नफर्केपछि परिवारका सदस्यहरू खोज्न जाँदा भेटेका थिएनन् । शवको पोस्टमार्टमपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्