वन्यजन्तुलाई पासो थाप्दै गर्दा तीनजना पक्राउ

सर्लाही। बागमती नगरपालिका–१० शङ्करपुरको जंगलमा वन्यजन्तु मार्न पासो थाप्दै गरेका तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बागमती नगरपालिका-४ का चन्द्रबहादुर ब्लोन, वडा नमब्र २ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम छन्।

सवडिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले पक्राउ गरेको हो।

वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन्। सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा. ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लकडाउनको समयमा सर्लाहीको जंगलमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको स्थानीयवासीले जनाएका छन् ।

केही दिनअघि मात्र वन्यजन्तु मार्न हानेको भरुवा बन्दुकको गोली लागेर मूर्तिया जंगलमा दुई जना घाइते भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्