काठमाडौं। स्थानीय वायु सक्रिय भएको र बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कारण अझै केही दिन वर्षात् हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
नेपाल बाढी सूचनाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै स्थानमा र गण्डकी, बागमती, प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केही स-साना नदीमा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत गराइएको छ।
मौसम पूर्वानुमान महाशाखाले २४ घण्टाको मौसमको अनुमान गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।
" /> काठमाडौं। स्थानीय वायु सक्रिय भएको र बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कारण अझै केही दिन वर्षात् हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।नेपाल बाढी सूचनाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै स्थानमा र गण्डकी, बागमती, प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना छ।

">