काठमाडौं। भारतीय टेलिभिजन रियालिटी शो 'कौन बनेगा करोडपति'को अर्को सिजन शुरू हुने भएको छ।
अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यो रियालिटी शोको १२ औं संस्करण कोरोना भाइरसको सन्त्रास र लकडाउनकाबीच पनि ९ मे देखि शुरू हुन लागेको हो।
सोनी टेलिभिजनले इन्स्टाग्राममा प्रोमो शेयर गर्दै यसको जानकारी दिएको छ।
भारतमा १७ मेसम्म लकडाउन छ। लकडाउनमा सुरक्षा सतर्कता अपनाउँदै शो सञ्चालन गर्न लागिएको सोनी टिभीले जनाएको छ।
रियालिटी शोको प्रोमोमा अमिताभले चियादेखि रेलगाडीसम्म ब्रेक लागे पनि एक चिज सपनाको उडानमा कहिल्यै ब्रेक नलाग्ने बताएका छन्।
“सपनाको नयाँ उडान दिनका लागि मेरो प्रश्न र तपाईंको उत्तरका साथमा केबीसी फेरि शुरू हुँदैछ। ९ मे राति ९ बजेदेखि नयाँ सिजनका लागि रजिस्ट्रेशन शुरू गरिनेछ” अमिताभले भनेका छन्।
लकडाउनका कारण भारतमा मनोरञ्जन क्षेत्र ठप्प छ। तर, यहीबीचमा भारतमा निकै रूचाइएको कौन बनेगा करोडपतिको नयाँ संस्करण हुन लागेको हो।
" /> काठमाडौं। भारतीय टेलिभिजन रियालिटी शो 'कौन बनेगा करोडपति'को अर्को सिजन शुरू हुने भएको छ।अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यो रियालिटी शोको १२ औं संस्करण कोरोना भाइरसको सन्त्रास र लकडाउनकाबीच पनि ९ मे देखि शुरू हुन लागेको हो।

">