जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकजनाकाे मृत्यु
<p>काठमाडाैं। जंगली च्याउ खाँदा भूमिकास्थान नगरपालिका-६, खिल्जीमा आज एकजनाको मृत्यु भएकाे छ भने तीनजना बिरामी परेका छन्।</p>
<p>जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारजना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हाे।</p>
<p>मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन्।</p>
<p>तीनैजनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए। समस्या जटिल देखिएपछि बुटवल सिफारिस गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
