भावी प्रधानसेनापतिलाई रथीको दर्ज्यानी चिन्ह

काठमाडौं। हालै नेपाली सेनाको रथीमा बढुवा भएका प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आज सैनिक मुख्यालय भद्रकालीमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

१४ वैशाखको मन्त्रिपरिषद्को निर्णयअनुसार शर्मा १९ वैशाखदेखि उपरथीबाट रथीमा पदोन्नती भएका थिए।

रथी शर्मा यसपछि प्रधानसेनापतिका प्रमुख दाबेदार हुन्।

आजै उपरथीद्वय आनन्दकुमार अधिकारी र सञ्जय थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

१४ वैशाखकै मन्त्रिपरिषद्को निर्णयानुसार अधिकारी १४ वैशाख र थापा १९ वैशाखदेखि सहायक रथीबाट उपरथी दर्जामा बढुवा भएका थिए।

रथी दर्जामा पदोन्नती भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ भने उपरथी दर्जामा पदोन्नती भएका अधिकारीलाई उपत्यका पृतना हेडक्वार्टर र थापालाई मध्यपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्