काठमाडौं। कुनै न्यायिक प्रक्रियाबिना दुई वर्षदेखि जेलमा राखिएका इजिप्टका फिल्म निर्देशक सेडी हबासको निधन भएको छ। एउटा म्युजिक भिडिओमा राष्ट्रपति अब्देल फताह अल–सिसीलाई व्यंग्य गरेपछि उनलाई थुनिएको थियो । अत्यन्तै कडा सुरक्षा व्यवस्था भएको जेलमा उनको निधन भएको दुई जना अधिकारकर्मी वकिलहरुले बताएका छन्।
हिजो, २० वैशाखमा राजधानी कायरोको ‘तोरा जेल’मा उनको निधन भएको तर निधनको कारण नखुलेको हबासका वकिल अहमेद अल–ख्वागाले बताए ।
“केही दिनदेखि उनको स्वास्थ्य बिग्रिरहेको थियो। उनलाई अस्पतालमा भर्ना पनि गरिएको थियो। उनलाई हिजो मात्रै अस्पतालबाट जेलमा लगिएको थियो। रातिपख उनको निधन भयो”, अल–ख्वागाले समाचार संस्था एएफपीलाई बताए।
इजिप्टको कारागार व्यवस्था हेर्ने तालुकदार मन्त्रालयबाट अहिलेसम्म यस मृत्युबारे कुनै धारणा सार्वजनिक भएको छैन।
स्वीडेनमा निर्वासनमा रहेका संगीतकर्मी र्यामी एसामको म्युजिक भिडिओ निर्देशन गरेपछि मार्च २०१८ मा यी २४ वर्षीय फिल्म निर्देशकलाई प्रहरीले गिरफ्तार गरेको थियो।
भिडिओमा जर्नेलबाट राष्ट्रपति भएका एकजना राष्ट्रपति भ्रष्ट भएको देखाइएको छ। गीतको शीर्षक हो, बलाह। यो अल–सिसीलाई उनका आलोचकले दिएको नाम हो। एउटा इजिप्ट फिल्ममा अत्यन्त झुठ बोल्ने पात्रको नामबाट यो संज्ञा दिइएको थियो। युट्युबमा यो म्युजिक भिडिओका दर्शक ५० लाखभन्दा बढी पुगेका छन्।
एसामले फेसबुक पोस्टमा लेखेका छन्, ‘स्यादी हबासको निधन भयो। स्वादी एकदमै दयालु र बहादुर थिए। उनले कसैलाई पनि हानि पुर्याएनन्। अल्लाहले उनलाई दया गरुन्।”
एसामले हबासका अन्य साथीहरूसँग मिलेर हबासले अक्टोबरमा जेलबाट पठाएको पत्र सार्वजनिक गरेका थिए जसमा उनले आफू हराउनुको कारण खोतलेका थिए।
“जेलले कसैलाई पनि मार्दैन, एक्लोपनाले मार्छ”, उनले आफ्नो संघर्षबारे व्याख्या गर्दै लेखेका थिए ।
“उनको मानसिक अवस्था एकदमै कमजोर भएको थियो”, दुई महीनाअघि उनलाई भेटेपछि अल–ख्वागाले भनेका थिए।
इजिप्टका मानव अधिकारकर्मी अब्दले रहमान अय्यासले ट्वीटरमा लेखेका छन्- ‘स्यादी जेलमा निकै बिरामी परेका थिए। उनीसँग कैदमा रहेकाहरूले उनको उपचारका लागि रोइकराइ गरे तर गार्ड र अधिकारीहरूले उनी नमर्दासम्म वास्तै गरेनन्।’
अरेबिक नेटवर्क फर् ह्युमन राइट्स इन्फरमेसनका अनुसार लापरबाही र अन्यायका कारण हबासको निधन भएको हो।
" /> काठमाडौं। कुनै न्यायिक प्रक्रियाबिना दुई वर्षदेखि जेलमा राखिएका इजिप्टका फिल्म निर्देशक सेडी हबासको निधन भएको छ। एउटा म्युजिक भिडिओमा राष्ट्रपति अब्देल फताह अल–सिसीलाई व्यंग्य गरेपछि उनलाई थुनिएको थियो । अत्यन्तै कडा सुरक्षा व्यवस्था भएको जेलमा उनको निधन भएको दुई जना अधिकारकर्मी वकिलहरुले बताएका छन्।हिजो, २० वैशाखमा राजधानी कायरोको ‘तोरा जेल’मा उनको निधन भएको तर निधनको कारण नखुलेको हबासका वकिल अहमेद अल–ख्वागाले बताए ।

">