नागढुङ्गा नाकामा सुरक्षा निरीक्षण
<p>काठमाडौ। काठमाडौ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा क्षेत्रमा सुरक्षा निकायका प्रमुखहरूले आज बिहान अनुगमन तथा निरीक्षण गरेका छन्। नाकाको अवस्था, अत्यावश्यक बस्तु ढुवानी हुने सवारीसाधनको जाँच प्रक्रिया लगायत बुझ्न सुरक्षा निकायका प्रमुख नाकामा पुगेका हुन्।</p>
<p>काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिमप्रसाद दाहाल लगायतले निरिक्षण गरेका हुन्। सुरक्षा निकायका प्रमुखहरुले नाकामा जाँच कडाई गर्न निर्देशन दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
