आज पानी पर्ने, पश्चिम र पूर्वी तराईमा हावाहुरीको सम्भावना
<p>काठमाडौं। आज देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ।</p>
<p>हाल पहाडि भू-भागमा सामान्य बदली हुनुका साथै बाँकि ठाउँमा आंशिक बदली भएको छ।</p>
<p>पश्‍चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। </p>
<p>स्थानीय वायु सक्रिय भएको र बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
