पोखरा। अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरोमा हराएकामध्ये हिजो १९ वैशाखमा फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौं पुर्याइएको छ।
गत ३ माघमा पदयात्राका क्रममा हिमपहिरोमा हराएका सात जनामध्ये एक कोरियन र एक नेपाली गरी दुई जनाको शव हिजो नेपाली सेनाको पोखरास्थित् सेकेन्ड रेञ्जर बटालियनले फेला पारेको थियो।
हिजो फेला परे पनि मौसमको प्रतिकूलताका कारण शव आज मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। पोखराबाट शव आजै काठमाडौं पुर्याइएको हो।
पहिरोमा हराएकामध्ये अन्य दुई जना नेपाली पर्यटक गाइड र तीन जना कोरियन नागरिकको शव यसअघि नै फेला परिसकेको ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए। रासस
" /> पोखरा। अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरोमा हराएकामध्ये हिजो १९ वैशाखमा फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौं पुर्याइएको छ।गत ३ माघमा पदयात्राका क्रममा हिमपहिरोमा हराएका सात जनामध्ये एक कोरियन र एक नेपाली गरी दुई जनाको शव हिजो नेपाली सेनाको पोखरास्थित् सेकेन्ड रेञ्जर बटालियनले फेला पारेको थियो।

">