अदालतले मुद्दा खारेज गरेपछि मेगानले भनिन्- ‘समानताकाे लडाइँ रोकिने छैन’
काठमाडौं। अमेरिकी महिला फुटबल टीमले पुरुष समान तलब पाउनुपर्छ भनी गरेको मागलाई त्यहाँको अदालतले खारेज गरिदिएको छ।

पुरुष टीमको तुलनामा आफूहरूले कम पारिश्रमिक पाउने भन्दै महिला खेलाडीले हालेको मुद्दालाई खारेज गरिएको हो।

महिला टीमका २८ खेलाडीले अमेरिकी फुटबल संघविरुद्ध गत वर्ष मुद्दा दायर गरेका थिए। समान ज्याला ऐनअन्तर्गत उनीहरूले ६ करोड ६० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेका थिए।

खेलाडीको तर्फबाट प्रवक्ता रहेकी मोली लेभिनसनले अदालतको निर्णयविरुद्ध अपिल गर्ने बताएकी छिन्।

‘‘निर्णयबाट हामी चकित भएका छौं। र, हामीलाई निराश बनाएको छ’’, लेभिनसनले भनिन्, ‘‘हाम्रो कडा परिश्रममा समान ज्याला हुनुपर्छ भन्नेमा हामीले हरेश खाएका छैनौं। हाम्रो मुद्दामा दृढ छौं। एउटै खेल खेल्ने खेलाडीलाई लिंगकै आधरमा विभेद हुनुहुँदैन भन्ने हाम्रो अडान कायमै छ।’’

अमेरिकी महिला टीमले गत वर्ष महिला विश्वकपको उपाधि जितेको थियो। अमेरिकी महिला फुटबल टीमको यो चौथो विश्वकप उपाधि थियो। उनीहरूले ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए।

मुद्दा खारेज भएपछि गत वर्ष विश्वकप जित्दा गोल्डेन बल र गोल्डेन बुट जितेकी मेगान रापिनोइले ट्विट गरेकी छिन्, ‘‘समानताका लागि हाम्रो लडाइँ रोकिने छैन।’’

अर्की फरवार्ड एलेक्स मोर्गानले भनेकी छिन्, ‘‘यो समाचार निराशजनक छ। तर, यसले समानताको हाम्रो लडाइँलाई हतोत्साही बनाउने छैन।’’

प्रतिक्रिया दिनुहोस्