काठमाडौैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि एउटा कविता लेखेका छन्।
उनले हिजो मे दिवसको दिन एउटा कविता लेखेर सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री ओलीले लेखेको ‘बन्छ नमूना नेपाल’ शिर्षको कविता उनका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा राखेका छन्।
प्रधानमन्त्री ओलीले बेलाबेला कविता लेख्दै आएका छन्।
यस्तो छ प्रधानमन्त्री ओलीले आज लेखेको कविता:
बन्छ नमूना नेपाल
- केपी शर्मा ओली
स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिदैन प्रवास
अब गर्ने देश विकास ।
खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।
चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छ अभियान साझा ।
बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल
- २ मे २०२०
२० वैशाख २०७७