देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं। आज र भोलि दुई दिन देशभर छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ।

सरकारले हरेक वर्ष ६–७ बैशाख र २–३ कात्तिक गरी दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

७५३ वटै स्थानीय तहमा नजिकको खोप केन्द्र र वडा कार्यालयहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउनेछन्।

आज खान छुटेकाहरुलाई भोलि खुवाइने छ। सँगै बालबालिकाहरुको पोषण स्थितिको जानकारीका लागि पाखुराको नापसमेत लिइनेछ।

६ महीनादेखि ५ वर्षसम्मका करीब २७ लाख बालबालिकाहरु भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्