क्वारेन्टाइनमा लैजाँदै गर्दा बैतडीमा एक वृद्धको मृत्यु
कैलाली। भारतको झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक जनाको बैतडीमा मृत्यु भएको छ।

बैतडीको पुरचौडी नगरपालिका- ७ का ६७ वर्षीय जुनी लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई क्वारेन्टाइनमा राख्न लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

मृतक लोहारको थ्रोट स्वाबको नमूना परीक्षणका लागि संकलन गरिएको छ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

उनी त्यसअघि भारतको झुलाघाटमा रहेको क्वारेन्टाइनमा बसेका थिए।

१८  वैशाखमा सीमावर्ती भारतीय भूभागमा क्वारेन्टाइटनमा बसिरहेकाहरूका लागि सरकारले नाका खोलेपछि उनी घर फर्किएका थिए।

त्यो दिन उनीसिहत दुई हजार ६९५ जना नेपाली बैतडीको झुलाघाट र दार्चुलाकाे नाका भएर फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्