कैलालीमा डुबेर एकजनाकाे मृत्यु
<p>कैलाली। भजनी नगरपालिका-४, झलझलियाका एक किशाेरको कान्द्रा नदीमा डुबेर मृत्यु भएको छ।</p>
<p>आज बिहान साढे १० बजे नदीमा नुहाउन गएका झलझलियाकै १६ वर्षीय केशव पोखरेलको डुबेर मृत्यु भएकाे हाे।</p>
<p>इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक जनक धामीका अनुसार डुबेको दुई घण्टापछि पोखरेल मृत फेला परेका थिए। शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
