हिम पहिरोमा बेपत्ता भएका ७ जनाको शव सेनाद्वारा उद्धार
<p>काठमाडौं। गत ३ माघमा कास्कीको अन्‍नपूर्ण गाउँपालिकामा पर्ने हिंकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका सातै जनाको शव नेपाली सेनाले उद्धार गरेको छ।</p>
<p>केही दिनअघि दुई नेपाली गाइड र तीन कोरियाली पर्यटकको शव सेनाले उद्धार गरेको थियो। बाँकी एक नेपाली र एक कोरियाली नागरिकको शव पनि हिजो उद्धार गरेर पोखरा ल्याइएको सेनाले जनाएको छ।</p>
<p>सेनाको पश्‍चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरास्थित सेकेन्ड रेन्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले सबैको शव उद्धार गरेको सेनाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
