बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउ
<p>कैलाली। एक १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले उनका श्रीमान् र जेठाजुलाई पक्राउ गरेको छ।</p>
<p>प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाकी उनलाई दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेको छ।</p>
<p>ती किशोरीको गत वर्ष मागी विवाह भएको थियो। गत १६ वैशाखमा परेको सामान्य उजुरीका आधारमा किशोरीलाई संरक्षण गृहमा राखेर दाजुभाइलाई कोरोना भाइरस संक्रमणको जोखिमका कारण परिवारको जिम्मा लगाइएको थियो।</p>
<p>किशोरी र उनका माइती पक्षले पुनः जबर्जस्ती करणी उद्योगमा उजुरी दिएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
