क्यासेट बिक्रीसँगै चुलिएको लोकप्रियताका कारण उनले देशविदेशका थुप्रै कन्सर्टहरुमा ठाउँ पाउन थाले। एक हिसाबले उनको माग बढ्न थाल्यो। त्यसपछि उनका अन्य गीतहरु ‘मलाई अमेरिका यही....’, ‘जे गर्न नि गाह्रो...’, ‘आइज ओइ काल..’ले उनको लोकप्रियता झनै चुलियो।
त्यसो त सांगितिक दुनियाँमा प्रवेश गर्ने निर्णय लिनु नै उनको जिन्दगीको ठूलो मोड थियो। परिवारले उनलाई इन्जिनियर बनाउन चाहन्थे। उनका दिदीहरु शिक्षक र दाइहरु डाक्टर छन्। त्यसैले पनि उनलाई अध्ययन गर्नुपर्ने दबाब थियो। तर, सानैदेखि स्याङ्जाका गाउँघरमा घन्किने लोकगीत सुन्दै हुर्किएका थिए उनी। उनलाई त संगीतको दुनियाँमा छिर्नु थियो। त्यसैले २०५८ सालमा उच्च शिक्षा अध्ययन गर्न काठमाडौं छिरेका उनी इन्जिनियरिङ क्याम्पसको बाटोबाट मोडिएर गीतसंगीततिर लागे। पढाइको पैसा गीतसंगीतमा लगाए। उनको यो निर्णयलाई परिवारले पचाएन।
“गाउने बजाउनेतिर लागेर जिन्दगी बिगार्यो भनेर धेरै गाली खाएँ,” उनी भन्छन्, “मेरो परिवारले सपोर्ट गर्न थालेको दुई तीन वर्ष मात्रै भयो।”
यसले पनि उसलाई सफलताको महत्व बुझ्न सघायो। पशुपति भन्छन्, “सफलता सजिलै पाइँदैन। यसका लागि अथक प्रयास चाहिन्छ। धैर्य चाहिन्छ। असफलता पाइयो भने आत्मबल घट्दै जान्छ। तर त्यसले आफुलाई सिध्याउन दिनुहुँदैन। निरन्तर हिँडिरहनुपर्छ।”
उनी आफूले गाउने गीत आफैले रचना पनि गर्छन्। उनलाई लाग्छ, गीत मनोरञ्जनको लागि मात्रै होइन, यसले लोकको भाव-मर्म पनि बोक्नुपर्छ। समाजमा केही नयाँ चेतना दिनुपर्छ। भन्छन्, “पहिले विद्यालयमा हामीले उपन्यास, कविता, कथा, निबन्धहरु पढ्दा त्यसको भाव लेख्न लगाउँथे। त्यसैले मेरो गीतको पनि भाव हुनुपर्छ भन्ने लाग्छ।”

परिवार भन्थ्यो- बर्बादी रोज्यो, त्यसमै फुल्यो उनको जिन्दगी: Dekhapadhi
परिवार भन्थ्यो- बर्बादी रोज्यो, त्यसमै फुल्यो उनको जिन्दगी

काठमाडौं। पशुपति शर्माको आफ्नै अलग पहिचान छ। श्रोताले मन पराए गीत हिट हुने मन नपराए हराइजाने गायकको कोटीमा पर्दैनन् उनी। विरोध र समर्थनबाट गुज्रिन्छन् उनका गीतहरु। त्यसैमध्येको एक गीत हो- ‘हामी नेपाली हौं, मलाई त्यति थाहा छ...।’

पाँच वर्ष अघि बजारमा आएको यो गीत उनले केही दिन अघि सम्झिए। त्यो स्मृतिलाई उनले टिकटकमार्फत् बाँडे। त्यसो त पशुपतिले नेपाली समाजमा व्याप्त जातजातिबीचको विभेदलाई गीतमार्फत् व्यंग्य गरेका थिए। तर, गीतमा प्रयोग भएका केही शब्दका कारण उनको आलोचना भएको थियो। त्यही आलोचनालाई उनले टिकटक भिडिओ क्याप्सनमा राखे, ‘यो गीत गाउँदा नि गाली खाएँ, राम्रै गाएजस्तो लाग्थ्यो। तर साथीहरुले विरोध गर्नुभो। हामी सबै समान हौँ, सबै मिलौं, खुसी साथ बाँचौ। सन्देश यत्ति हो।’

यस्ता विवाद उनले बारम्बार सामना गरिरहेकै छन्। पछिल्लो पटक उनको चर्चित गीत थियो- ‘लुट्न सके लुट्।’ सरकार र नेताहरुलाई व्यंग्य गरिएको यो गीतका कारण उनले गालीमात्र खाएनन्, करिअरमै धक्का पुग्‍नेजस्ता धम्की पनि पाए। तर पनि उनले आफ्नो कर्म छोडेका छैनन्।

नेपाली लोक सांगीतिक जगत्मा उनको निरन्तरता कायम नै छ। जति विवादास्पद छन् उनका गीत, त्यो भन्दा बढी लोकप्रिय छन्।

नेपाली समाजमा पशुपति शर्माको लोकप्रियता चुलिन थालेको १० वर्ष जति भयो।

एउटा गीत उनको जीवनमा मोड बनेर आइदियो जहाँबाट उनले पछि फर्केर हेर्नुपरेन। त्यो थियो- ‘क्याम्पस पढ्न आउने, सरले उता पढाउने, हाम्ले आँखा जुधाउने, चित्त बुझाउने...।’ २०६७ सालमा सार्वजनिक यो गीतले नै पशुपतिलाई सांगितिक जगतमा स्थापित बनाइदियो।

“त्यो गीत भन्दा पहिले पनि मैले गीत गाएको थिएँ, दर्शक-श्रोताले रुचाउनु भएको थियो,” उनले भने, “तर मलाई आम वृत्तमा चिनाउने काम यो गीतले गर्यो।”

नेपाली सांगितिक जगत्मा उनको यात्रा त्यो गीतभन्दा पहिले नै शुरु भएको थियो। तर चाहेजस्तो सफलता पाइरहेका थिएनन्। त्यसैले उनी चलनचल्तीका गीतभन्दा फरक विषयवस्तुमा फरक स्वाद पस्किन चाहन्थे। त्यही चाहनाले जन्मिएको थियो, यो गीत। युवापुस्तादेखि शिक्षक, अभिभावकसम्मलाई समेटेकोले यो गीत सर्वाधिक सफल बन्‍न पुग्यो। त्यतिबेला यो गीतको अडिओ क्यासेट लाखौंको संख्यामा बिक्री भएको पशुपति बताउँछन्।

क्यासेट बिक्रीसँगै चुलिएको लोकप्रियताका कारण उनले देशविदेशका थुप्रै कन्सर्टहरुमा ठाउँ पाउन थाले। एक हिसाबले उनको माग बढ्न थाल्यो। त्यसपछि उनका अन्य गीतहरु ‘मलाई अमेरिका यही....’, ‘जे गर्न नि गाह्रो...’, ‘आइज ओइ काल..’ले उनको लोकप्रियता झनै चुलियो।

त्यसो त सांगितिक दुनियाँमा प्रवेश गर्ने निर्णय लिनु नै उनको जिन्दगीको ठूलो मोड थियो। परिवारले उनलाई इन्जिनियर बनाउन चाहन्थे। उनका दिदीहरु शिक्षक र दाइहरु डाक्टर छन्। त्यसैले पनि उनलाई अध्ययन गर्नुपर्ने दबाब थियो। तर, सानैदेखि स्याङ्जाका गाउँघरमा घन्किने लोकगीत सुन्दै हुर्किएका थिए उनी। उनलाई त संगीतको दुनियाँमा छिर्नु थियो। त्यसैले २०५८ सालमा उच्च शिक्षा अध्ययन गर्न काठमाडौं छिरेका उनी इन्जिनियरिङ क्याम्पसको बाटोबाट मोडिएर गीतसंगीततिर लागे। पढाइको पैसा गीतसंगीतमा लगाए। उनको यो निर्णयलाई परिवारले पचाएन।

“गाउने बजाउनेतिर लागेर जिन्दगी बिगार्यो भनेर धेरै गाली खाएँ,” उनी भन्छन्, “मेरो परिवारले सपोर्ट गर्न थालेको दुई तीन वर्ष मात्रै भयो।”

यसले पनि उसलाई सफलताको महत्व बुझ्न सघायो। पशुपति भन्छन्, “सफलता सजिलै पाइँदैन। यसका लागि अथक प्रयास चाहिन्छ। धैर्य चाहिन्छ। असफलता पाइयो भने आत्मबल घट्दै जान्छ। तर त्यसले आफुलाई सिध्याउन दिनुहुँदैन। निरन्तर हिँडिरहनुपर्छ।”

उनी आफूले गाउने गीत आफैले रचना पनि गर्छन्। उनलाई लाग्छ, गीत मनोरञ्जनको लागि मात्रै होइन, यसले लोकको भाव-मर्म पनि बोक्नुपर्छ। समाजमा केही नयाँ चेतना दिनुपर्छ। भन्छन्, “पहिले विद्यालयमा हामीले उपन्यास, कविता, कथा, निबन्धहरु पढ्दा त्यसको भाव लेख्‍न लगाउँथे। त्यसैले मेरो गीतको पनि भाव हुनुपर्छ भन्‍ने लाग्छ।”