ताप्लेजुङ सदरमुकाममा आगलागी, १२ घरमा क्षति

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङमा गए राति आगलागी भएको छ ।

ट्याक्सी लाइनको वीरेन्द्र चोकस्थित भट्टराई होटेल एन्ड लजबाट आगलागी शुरु भएको थियो ।

राति १० बजे शुरु भएको आगलागी आज बिहान पाँच बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा पाँचथरबाट आएको दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको हो ।

दुईवटा पक्कीसहित १२ वटा घरमा आगलागीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तीमध्ये एउटा पक्की घर पूर्ण क्षतिग्रस्त भएको छ । अर्को एक पक्की घरमा पनि आंशिक क्षति भएको छ ।

अन्य कच्ची घरहरूमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ । आगलागीको कारण स्पष्ट नभइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्