त्यो दिन बम पड्किएको भए..!
फेरि झल्याँस्स भएँ।
जबजब बम विस्फोटमा बालबालिका परेका खबर आउँछन्, म मेरो सुदूर बाल्यावस्थामा पग्छु। यसैगरी झल्याँस्स हुन्छु।
आँखामा तिनै बमका चित्र नाच्छन्, छर्रा घुम्न थाल्छन्। र, कान एकहोरो र्वाइँंऽऽ! गरेजस्तो लाग्छ।
१८ वैशाख साँझ जब रोल्पाबाट चार बालबालिका बम विस्फोटमा परेको अप्रिय खबर आयो, उसै हृदय निचोरियो। मन बिथोलियो। शरीरमा काँडा उम्रिए। र, घट्टझैं घुम्न थाल्यो स्मृतिको पुरानो रिल।
किनभने मैले पनि खेलेको छु, बमसँग।
एकपटक होइन कैयौँपटक।
विगतका ती दिनहरू सम्झँदा, पुनर्जन्म पाइएछ झैं लाग्छ। र, घरीघरी लागिरहन्छ- त्यो दिन बम पड्किएको भए..!
बम पड्किएको भए उतिबेलै इहलीला समाप्त भइसक्थ्यो होला। नभए अहिले पक्कै अंगभंग जीवन बाँचिरहेको हुन्थेँ।
०००
बच्चा न थिएँ।
चकचके थिएँ। चुलबुले थिएँ। हरेक बच्चाजस्तै।
अझ सर (शिक्षक)हरूले भनेको पत्याउने हो भने, म अरु बालबालिकाभन्दा अलि बढी चञ्चले थिएँ। के गरौँ, कसो गरौँ भइरहन्थ्यो। पढाइमा पनि राम्रै थिएँ।
त्यति धेरै थाहा त कहाँ थियो र बमका विषयमा। कहाँ थाहा थियो र बन्दुकका विषयमा। झन् कहाँ थाहा हुनु र ‘क्रान्ति’का विषयमा।
बस्, कयौँराति घरभन्दा माथिको डाँडामा जिन्दावाद र मुर्दावादका नारा सुनिन्थे। ठूलो आवाजमा बम पड्किएको सुनिन्थ्यो। पिरो गन्ध मेरो नाकसम्म ठोक्किन आइपुग्थ्यो।
तर्सिँदै मुवाको (आमाको) काखमा लुटपुटिन्थेँ।
मुवा भन्नुहुन्थ्यो– माओवादीले आज पनि राँके जुलस निकालेछन्।
माओवादीसँग बम र बन्दुक हुन्छ भन्ने हल्ला सुनिन्थ्यो। सेना र प्रहरीले हतियार बोकेर गाउँ आएको त बेला बेला देखिरहेकै थिएँ। हाम्रो घरतिर आउने प्रायः माओवादीसँग सेना, प्रहरीसँग भएको हतियार हुँदैनथ्यो। उनीहरू भरुवा बन्दुक बोकेर आउँथे, कहिलेकाहीँ। तर, प्रायः आइरने माओवादीसँग हतियार हुन्थेन।
जाजरकोटको तत्कालीन पुन्मा गाउँ विकास समितिको वडा नम्बर ३, छिप्रेना गाउँमा थियो हाम्रो घर। घरभन्दा पारीपट्टी (सदरमुकामतर्फ) बोहरा गाउँको माथि तत्कालीन शाही सेनाको ब्यारेक थियो (ब्यारेक अहिले पनि छ)।
बीचमा खोला। हाम्रो गाउँ र ब्यारेक भएको गाउँ डेढदेखि दुई घण्टाको पैदल दूरीमा छ।
ब्यारेकतिरको फायरिङ पनि प्रष्ट सुनिन्थ्यो। र, माओवादीहरू हाम्रो घरमाथिको डाँडामा आएर शाही सेनालाई गाली गरिरहन्थे। बम पड्काइरहन्थे। चिच्याइरहन्थे।
त्यसको केही दिनमा आर्मी गाउँ पसेर दुःख दिन्थ्यो।
२०५८ सालको वैशाख महीना।
ज्ञानोदय प्राथमिक विद्यालयमा चार कक्षा उत्तीर्ण गरेर पाँच कक्षामा भर्ना भएको थिएँ। भर्खर नयाँ शैक्षिक सत्र शुरू भएकाले स्कुलमा पढाई पनि खासै हुँदैनथ्यो।
सायद, त्यो दिन शुक्रबार थियो। बाटोमा काफल खाँदै हामी घर फर्कँदै थियौँ।
बाटोमा हाम्रो विद्यालयबाट पाँच कक्षा पास गरेर विजय माध्यामिक विद्यालयमा कक्षा ६ मा भर्ना भएका छिमेकी साथी मदन चन्द भेटिए। म अलि वरै थिएँ। उनले बम देखाउने भन्दै मेरो भाइ राजेन्द्र, कौस्तुप चन्द लगायतका भाइहरूलाई लिएर गए। उनीहरू दौडिँदै गए।
बमप्रतिको कौतुहलता थियो, सायद।
कस्तो हुन्छ बम ? हेर्नुथियो मलाई पनि। म पनि उतै लागेँ। तर, दौडिएको थिइनँ।
ड्याम्म्म....!
ठूलो आवाजमा केही पड्कियोे।
जमिन थर्थरायो। चराहरू चिर्बिराउँदै उडे।
भाइ कौस्तुप ‘मेरी आमै’ भन्दै चिच्याउँदै दौडिएको देखेँ। उसको नाकबाट भलभल रगत बगिरहेको थियो। मेरा भाइ र अरू पनि दौडिदै आए। मन चिसो भयो।
रगत बगिरहेको कौस्तुप भाइको नाकमा माटो दलिदियौँ। उसको स्कुल ड्रेसको शर्ट रक्ताम्य थियो।
मेरो भाइको कानबाट पनि रगत बगिरहेको थियो।
बमको छर्रा लागेको रहेछ। कौस्तुप भाइको नाकमा र मेरो भाइको कानमा। अलि ठूलो छर्रा कौस्तुपलाई लागेको रहेछ।
त्यतिन्जेल साथी मदन आफ्नो घरतर्फ दौडेर निकै पर गइसकेका थिए।
खासमा उनीहरूले त्यो बमलाई ढुंगाले हानेपछि पड्किएको रहेछ।
रगत आउन बन्द भएपछि हामी सबै आआफ्नो घरतिर लाग्यौँ।
तेस्रो दिन बम विस्फोट भएको ठाउँ पुग्दा जमिनमा खाडल बनेको थियो। छेउका रूखका बोक्रा उप्किएका थिए।
धन्न ! भाइहरूलाई छर्राले मात्र लागेछ।
२०५९ को पुस महीनाको अन्तिमतिरको समय हो।
चिसो निकै बढेको थियो। सानो दाइ (ठूलो बुवाको कान्छो छोरा), म र मेरो भाइ हाम्रो घरभन्दा माथिपट्टिको गौरचण क्षेत्रतिर जाँदै थियौँ।
बाटोमा एउटा सकेट बम भेटियो। बिठ्याईं गर्ने उमेर न थियो हाम्रो। सान्दाईले ट्याप्प टिप्नुभयो। वल्टाईपल्टाई पार्नुभयो। अनि, हातैमा समातेर अघि बढ्नुभयो। हामी पछिपछि लाग्यौँ। अलि माथि पुगेपछि दाइले बाटोछेउको सल्लाको रूख चढेर सिम्ता काट्नुभयो। हामीले बाटोनेरै आगो बालेर सिम्ता पोलेर खायौँ।
सान्दाईले अघि भेटिएको बम सिम्ता पोलेर खाएको आगोमा राखिदिनुभयो। सिम्ताका ठटेउरा त्यसैमा थपिदिनुभयो। र, बेस्सरी कुद्नुभयो। हामी पनि पछिपछि कुद्यौँ।
अलि तल, डाँडामा गहुँ दाइँ गर्न बनाइएको ढुंगाले बारेको ‘खलो’ थियो। हामी त्यही ढुंगाले छेलिएर खलोमा लुक्यौँ।
एकछिनपछि ठूलो आवाजमा बम पड्कियो।
अघि बम रोखेको ठाउँतिर हेर्यौँ। धूवाँ उडिरहेको थियो। अलि पर्तिर गोठालो गरिरहनुभएका छिमेकी बाहुन दाइ र उहाँका गाई तर्सिएछन्।
को हो ? के हो ? भन्दै कराउँदै हुनुहुन्थ्यो।
संयोगले त्यही बेला ठूल्दाई गाउँतिरबाट आइरहनुभएको रहेछ। त्यो बदमासी हाम्रै हो भन्ने थाहा पाएपछि गाली गर्नुभयो।
हामी भाग्यौँ।
अहिले, सोच्छु– त्यसरी बाटैनेर आगोमा बम राखेका थियौँ।
धन्न ! बम पड्किने बेला त्यो बाटोमा कोही हिँडिरहेको थिएन।
२०५९ सालकै फागुन महीनातिर स्कुल जाँदै गर्दा बाटोमा एउटा सकेट बम भेटेँ। एक्लै थिएँ। सान्दाईले जस्तै बमलाई हातमा लिएर वल्टाईपल्टाई गरेँ। त्यसमा डट्पेनमा हुने जस्तो स्प्रीङ देखेँ। मनमा डर पनि लागिरहेको थियो। तर, सान्दाईले समाउँदा केही नभएको देखिसकेको थिएँ। केही हुँदोरहेनछ भन्ने लाग्यो। बम बोकेर स्कुल हिँडे। बाटोमा कहिले हातमा समाउँथेँ, कहिले पाइन्टको खल्तीमा राख्थेँ।
गाउँको बाटो, मिसिनेनेर अरु साथीहरू पनि भेटिए। उनीहरूलाई आफूसँग भएको बम देखाएँ। साथीहरू डराए। कोही चाहिँ खै ले ले म पनि समाउँछु भन्दै थिए।
त्यसपछि त के चाहियो र !
कसैलाई छुन दिइनँ। बम बोकेकाले एकखालको फुर्ति आइरहेथ्यो। शानले हिँडिरहेको थिएँ।
बाटोमा एक ठाउँ खल्तीबाट निकालेर साथीहरूकै आगाडि बाटोमुनिको ठूलो ढुंगामा बजारेँ।
ड्याम्म....!
ठूलो आवाजसहित पड्किएला भनेको पड्किएन।
नपड्केपछि बोकेरै स्कुल पुगेँ।
स्कुल पुग्दासम्म मसँग बम भएको हल्ला साथीहरूबीच फैलिइसकेको थियो।
स्कुलको चौरनेर पुगेको बेला गाउँले मामा पर्ने डम्मर घर्तीले मसँग भएको बम खोसेर लिनुभयो। थाहा छैन, उहाँले कता लुकाउनुभयो।
संयोगले त्यही दिन दिउँसो स्कुलमा माओवादी आए। मामाले त्यो बम तिनै माओवादीलाई दिनुभएछ।
अहिले आएर लागिरहन्छ– त्यो दिन बम खल्ती वा हातैमा पड्किएको भए... !
०००
मुलुकले हिजो एउटा असामान्य समय गुजार्यो। १० वर्षे लामो सशस्त्र द्वन्द्वले कति परिवर्तन भयो, के परिर्वतन गर्यो, कसलाई परिवर्तन गर्यो त्यो समयले मूल्यांकन गरिरहेकै होला। गर्दै जाला।
द्वन्द्वका कति घाउ निको भए, कति निको हुन बाँकी छन् वा निको हुन्छन्, हुँदैनन् ? त्यो पनि अहिलेलाई समयकै जिम्मा छोडिदिउँ।
तर, द्वन्द्व सकिएको १४ वर्षसम्म पनि बम भेटिनु र अवोध बालबालिका त्यसको शिकार बन्नु कुनै हालतमा क्षम्य घटना हुँदै होइन।
आउँदा दिनमा फेरि हिजो (१८ वैशाखको रोल्पा घटना) कै जस्तो घटना नदोहोरिएला भन्ने के ग्यारेन्टी छ ? यसको जिम्मा कसले लिन्छ ?
प्रश्नहरू अनुत्तरित छन्।
" /> त्यो दिन बम पड्किएको भए..!फेरि झल्याँस्स भएँ।

">