खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा वृद्धाश्रमलाई सहयोग

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आफ्ना सदस्य सुमन भोम्जनको पाँचौं वर्षको स्मृतिमा मकवानपुरको एक वृद्धाश्रमलाई सहयोग गरेको छ।

मञ्चको मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्षसमेत रहेका भोम्जनको २०७२ को महाभूकम्पमा परी निधन भएको थियो।

गोरखापत्र संस्थानमा कार्यरत् भोम्जनको भुकम्पको आठ दिनपछि १९ वैशाखमा शव भेटिएको थियो।

यसपटक कोभिड-१९ महामारीका कारण मञ्चले केन्द्रमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन।

भिडिओ कन्फ्रेसबाट बसेको मञ्चको केन्द्रीय कार्यसमितिले भोम्जनको स्मृतिमा मनाइदै आएको कार्यक्रम यो वर्ष नगर्ने र उनको जिल्लामा अवस्थित वृद्धाश्रममा सहयोग गर्ने निर्णय गरेको थियो।

हेटौडाको चौकीटोल २ स्थित ओम वृद्धाश्रममा रहेका ४० वृद्धवृद्धालाई भोजन गराइएको छ।

कार्यक्रममा भोम्जनकी आमा विमला भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्धय रञ्जन विष्ट र अञ्जन विष्ट सहभागी थिए।

उनीहरूले आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई १० हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्