चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडाैं। चट्याङ लाग्दा दुईजनाको मृत्यु भएकाे छ।

सिन्धुली र कालीकाेटमा एक/एकजनाकाे मृत्यु भएकाे हाे।

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-२, श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राईको चट्याङ लागेर आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै पानीघट्टामा बुबालाई खाना पुर्‍याएर फर्कने क्रममा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका राईको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-८, मुम्रामा चट्याङ लागेर ११ वर्षीया रेखा दर्जीको घटनास्थलमै मृत्यु भएको छ।

चट्याङमा परेर घाइते भएका २३ वर्षीय छत्र दर्जीलगायत चारजनाको सामुदायिक अस्पताल रास्कोटमा उपचार भइरहेको प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्