घोरल मारेको आरोपमा अछाममा ६ जना पक्राउ
<p>अछाम। अछामको बान्निगढी जयगढ गाउँपालिका ६ पानिखालबाट जंगली जनावर घोरल मारेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेहरुमा बान्निगढी जयगढ गाउँपालिका-६ बस्ने ३० वर्षीय भीमबहादुर साउद, २४ वर्षीय दल साउद, ३० वर्षीय जयन्द्र शाह र २० वर्षीय मंगल चन्दलगायत रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।</p>
<p>प्रहरी चौकी जयगढबाट खटिएको टोलीले उनीहरूलाई घोरल मारेर घरतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।</p>
<p>पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरी कारवाही गर्न डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
