बालिकामाथि सामुहिक करणी आरोपितमध्ये दुईजना पक्राउ
<p>इटहरी। सुनसरीमा १६ वर्षीया एक बालिकालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ छन्।</p>
<p>इटहरी उपमहानगरपालिका-११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरीसमेत दुईजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। </p>
<p>सोही उपमहानगरपालिकास्थित बगैँचामा १४ वैशाख राति ती बालिकालाई नौजनाले सामुहिक करणी गरेको प्रहरीले जनाएको छ।</p>
<p>प्रहरीका अनुसार घटनामा संलग्न फरार अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
