लागुऔषध र एक लाखभन्दा बढी रकमसहित दक्षिणकालीबाट एकजना पक्राउ
<p>काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित खहरे चोकबाट लागूऔषध र नगदसहित एकजना पक्राउ परेका छन्।</p>
<p>पक्राउ पर्नेमा रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ गैडा बस्ने २७ वर्षीय नरबहादुर गोले रहेको प्रहरीले जनाएको छ।</p>
<p>गोलेको साथबाट ब्राउनसुगर जस्तो देखिने वस्‍तु, नाइट्राभेट ट्याबलेट बरामद भएको छ।</p>
<p>त्यस्तै नगद एक लाख २२ हजार ९९० रूपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
