काठमाडौं। घरायसी झगडाको मुद्दा मिलाइदिने भनेर घुस लिने कैलाली सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग कंचनपुरको टोलीले कैलाली, गौरीगंगा नगरपालिका- १० का बिर्ख धामीलाई ५० हजार रकमसहित नियन्त्रणमा लिएको हो।
धामीले एक घरायसी झगडा उग्र बनाई इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दा प्रहरी कर्मचारीको मिलेमतो गरेर दु:ख दिइ सेवाग्राहीसँग घुस लिएको सूचना प्राप्त भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।
बढैपुर बजारबाट नियन्त्रणमा लिएका अध्यक्ष धामीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। घरायसी झगडाको मुद्दा मिलाइदिने भनेर घुस लिने कैलाली सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष रकमसहित पक्राउ परेका छन्।

">