राेल्पामा भेटिएकाे बम सेनाद्वारा डिस्पाेज

राेल्पा। राेल्पाकाे त्रिवेणी गाउँपालिका-७ मा भेटिएको बम नेपाली सेनाकाे टाेलीले डिस्पोज गरेकाे छ ।

दाङकाे घाेराहीबाट गएकाे रिपुमर्दन गणको बम डिस्पोजल टोलीले डिस्पाेज गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

हिजाे, १८ वैशाख साँझ साे क्षेत्रमा बम बिस्फाेट हुँदा बाख्रा गोठाला गएका चार बालबालिकाकाे मृत्यु भएको थियाे।

त्रिवेणी-७ का ११ वर्षीया विमला केसी, उनका ५ वर्षीय भाइ विजय केसी, १४ वर्षीय नाेखिराम डाँगी र त्रिवेणी-४ का १३ वर्षीय गाैरव नेपालीकाे मृत्यु भएको थियो।

दुम्ला जंगल त्यही जंगल हो जहाँ द्वन्द्वकालमा तत्कालीन माओवादी र शाही नेपाली सेनाबीच भिडन्त भएको थियो। तत्कालीन समयमा उक्त भिडन्तलाई 'दुम्ला भिडन्त' भनेर समेत चिन्ने गरिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्