चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क
काठमाडाैं। चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ।

चिकित्सा शिक्षा आयोगले आज ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको छ।

तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारबाही गर्ने आयोगले निर्णय गरेको छ।

आयोगले काठमाडौं उपत्यकाभित्र एमबीबीएसका लागि ४० लाख २३ हजार २५० रूपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ शुल्क तोकेको छ।

यस्तै बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान २० लाख १९ हजार ५८० रूपैयाँ तोकेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/७६ को मुद्रास्फितीको आधारमा आयोगले शैक्षिक शत्र २०७६/०७७ को शुल्क निर्धारण गरेको हो।

२८ असाेज २०७५ मा सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएसका लागि ३८ लाख ५० हजार, उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रूपैयाँ शुल्क कायम गरेको थियो।

आयोगले विद्यार्थीबाट लिने शुल्कमध्ये एकतिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिकरूपमा किस्ताबन्दीमा लिने व्यवस्था ऐनमा नै भएकाले सोही व्यवस्थाअनुसार गर्नसमेत ध्यानकर्षण गराएको छ।

आयोगले काठमाडौं उपत्यकाभित्र एक तिहाइ बराबर पहिलो वर्ष १३ लाख ४१ हजार ८५,  उपत्यका बाहिर १४ लाख ७८ हजार ६७५ एमबीबीएसतर्फ र ६ लाख ७३ हजार १९४ रूपैयाँ बीडीएसका लागि कायम भएको रकम विश्वविद्यालयमा जम्मा गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था सम्बन्धित विश्वविद्यालयले मिलाउनुपर्ने जनाएको छ।

चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्कमा भर्ना शुल्क, शिक्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई जनाउने भन्ने विषयलाई समेत पुनः स्मरण गराएको छ।

शिक्षण शुल्कमा उल्लेखित विषयभन्दा बढी रकम लिएको पाइए त्यो कानूनविपरीत हुने भएकाले आयोगले कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगको ३० असोज र आज बसेको बैठकले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरी सोहीअनुसार गर्न गराउन आग्रह गरेको हो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्