बम डिस्पोज गर्न रोल्पा पुग्यो सेनाको टोली <p>धनगढी । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा भेटिएको बम डिस्पोजल गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।&nbsp;</p> <p>बिहान पाँच बजे दाङ घोराहीबाट निस्किएको सेनाको टोली भरखरै घटनास्थलमा पुगेको हो ।</p> <p>टोलीले पहिले शव संकलन गरेर पोस्टमार्टमका लागि अस्पताल पठाएपछि मात्र बम डिस्पोज गरिने त्रिवेणी २ का वडाध्यक्ष कविराज बुढाले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्