वडाध्यक्षलाई लक्षित गरेर गोली प्रहार, एकजना पक्राउ <p>काठमाडौं। कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडाध्यक्षमाथि घरमै सुतिरहेका बेला आज बिहान गोली प्रहार भएको छ।&nbsp;</p> <p>वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि आज बिहान १ बजेको समयमा गोली प्रहार भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशम्सेर जबराले जानकारी दिए।</p> <p>&ldquo;उहाँमाथि लक्षित गरेर गोली प्रहार भएको हो। तर, गोली लाग्&zwj;न पाएन,&rdquo; उनले भने, &ldquo;गोली प्रहार गरेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्