प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको बिहीबार राति निधन भएको छ ।

८६ वर्षीया उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारले जनाएको छ ।

राणा शासनविरुद्धको आन्दोलनका क्रममा विराटनगरमा प्रजातन्त्र रेडियोको स्थापना भएपछि उनले क्रान्तिका गीत गाएकी थिइन् ।

उनका दुई छोरी र एक छोरा छन् । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्