तर, यस मे दिवसको संघारमा आज हामी, कोरोना महामारीका बिरुद्धको युद्धमा होमिएका छौं । तत्कालको लागि हाम्रो प्रयास यस महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित छ । यतिखेर सरकार, कोरोना संक्रमणको रोकथाम, पहिचान, परीक्षण र उपचारमा लागि परेको छ । यसमा कमी नआओस् भनेर नै महामारी बिरुद्धको यस युद्धको अग्र मोर्चामा रहनुभएका सबैका लागि पच्चिसलाख रकम बराबरको बीमा गरिएको छ ।
व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको छ । लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीहरुलाई एकमुष्ट एक हजार पाँच सय रुपियाँ थप भत्ताको व्यवस्था गरिएको छ।
सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिएको छ। सामाजिक सुरक्षा कोषमा योगदान गर्दा लाग्ने दोहोरो करको व्यवस्था हटाइएको छ ।
विद्युतको उपभोगमा सहुलियतको व्यवस्था गरी सुलभ मोलमा इन्डक्सन चुल्होको व्यवस्थासमेत गरिएको छ । दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीति अन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको छ ।
श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरु,
म ठान्दछु, श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो। परिवर्तनको संबाहक हो । र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो । कोरोना भाइरसको महामारीका बिरुद्ध अग्रपंक्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई लगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण हुन् ।
घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।
जसको अथक परिश्रमले कोरोना भाइरस बिरुद्धको लडाईँमा विश्वस्तरमा उल्लेख गर्नलायक सफलता हाम्रो मुलुकले प्राप्त गरेको छ । हालसम्म यो महामारी समुदाय स्तरमा फैलिनबाट रोकिनु र कुनै पनि मानवीय क्षति नभएको गर्विलो रेकर्ड कायम रहनु सन्तोषको विषय हो । आफैंलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न उहाँहरु सबैको म उच्च प्रशंसा गर्न चाहन्छु ।
मलाई थाहा छ, अवधिको हिसाबले यसबर्ष श्रमिकहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने बर्ष हो । तर तपाई हामी सबैलाई थाहा छ, अहिले परिस्थितिले हामीलाई साथ दिइरहेको छैन । ८.५ प्रतिशतको आर्थिक बृद्धिको उच्च आकांक्षाका साथ अघि बढेका हामीहरु ३ प्रतिशत वा त्यसभन्दा कमको आर्थिक बृद्धिमा खुम्चिन पो पर्ने हो कि भन्ने अवस्थाले गम्भीर बनेका छौं । मैले पहिले पनि भनिसकेको छु, हाम्रो जीडीपीको झण्डै ४ प्रतिशत यस महामारीका कारण क्षति भइसकेको छ ।
विश्वस्तरमा तुलनात्मक रूपमा हेर्ने हो भने रोजगारी र अर्थतन्त्रको अहिलेको अवस्था अघिल्लो शताब्दीको महामन्दीमा जस्तै वा त्यो भन्दा पनि भयावह हुने आँकलन गर्न थालिएको छ । सन् १९३० को दशकमा भएको महामन्दीमा कामगर्ने उमेर समूहका, कुनै औद्योगिक मुलुकमा २३ प्रतिशत र कतिपयमा ३३ प्रतिशतसम्म बेरोजगार भएका थिए ।
यस महामारी पछिको पहिलो चार महिनामा नै २० औं शताव्दीको त्यस दशककोभन्दा ज्यादा श्रमजीवीहरु बेरोजगार भई सकेका छन् । महामन्दीको त्यस समयमा, सिंगो एक दशकमा कूल गार्हस्थ उत्पादनमा जति संकुचन आएको थियो, यस महामारीको पहिलो चार महिनामा ती विकसित अर्थतन्त्रमा, त्यसको झण्डै ३ गुणा बढी संकुचन आएको छ ।
तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।
कसरी?
अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुनेछन् । भूकम्पपछिको यस दशकलाई हामीले पुनर्निर्माणको दशक भनेझैं, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुनेछ । यसभन्दा अघिल्ला सम्बोधनहरुमा पनि मैले चर्चा गरेको थिएँ, यस महामारीले जनस्वास्थ्यको क्षेत्रमा हाम्रो हविगत उदाङ्गो पारिदिएको छ ।
जसरी २० औं शताब्दीको महामन्दीले पूँजीवादी प्रणालीको चरित्र नै फेर्नेगरी अर्थव्यवस्थामा कल्याणकारी आयाम थप्न विकसित मुलुकलाई बाध्य पार्यो, यस महामारीले हामीलाई स्वास्थ्य संरचनामा थप लगानी गर्न प्रेरित गरेको छ । हाम्रो संविधानले ग्यारेन्टी गरेझैं स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमा सहितको जनस्वास्थ्यमा र सीपयुक्त नागरिक निर्माणको लागि शिक्षामा लगानी बृद्धि गरिने छ ।
‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुनेछ । यस महामारीको प्रभावले आत्मनिर्भर अर्थतन्त्रको महत्वलाई पनि अझ बढी स्पष्ट पारेको छ । अबका हाम्रा कदमहरू निश्चय नै त्यस दिशातर्फ सुदृढ ढंगले उन्मुख हुनेछ ।
कोरोना महामारी विरुद्धको लडाईंमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रित हुनेछ । सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने छ ।
राहत सुविधा अल्पकालीन उपाय मात्रै हो । सबैलाई काम, हाम्रो पहिलो लक्ष्य हुनेछ । श्रमसँग जोडिएकाहरुलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ । काममा जो छन्, उनीहरुका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनेछ । काममा संलग्न कसैको पनि आम्दानी रोकिने वा खोसिने स्थिति आउन दिइने छैन । संघ, प्रदेश र स्थानीय तहमा, श्रम–प्रधान प्रविधि परिचालनको प्रबन्ध गरिने छ । श्रम र प्रविधिको संयोजन तथा ज्यालासहित जनसहभागिताको विकास मोडेल अवलम्बन गरिने छ ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गरिने छ । स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिने छ । विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरुमार्फत सिर्जना भएका कामका अवसरहरु नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ ।
.jpg)
यस सन्दर्भमा हाम्रा श्रमिकहरुमा रहेको सीपको खाडलका कारण हुनसक्ने श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गरिने छ । सीपको अन्तरलाई सम्याउन आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याइने छ ।
हाम्रो युवा जनसंख्याको जनसांख्यिक लाभलाई अधिकाधिक सदुपयोग गरिने छ । त्यस्तो युवा जनशक्ति, जुन उत्पादक जनशक्ति हुनेछ । त्यस्तो उत्पादक जनशक्ति, जुन सीपयुक्त र पूँजी सहितको प्रविधियुक्त हुनेछ । त्यस्तो युवाशक्ति, जुन अन्वेषण र व्यावसायिक ज्ञानयुक्त हुनेछ ।
कृषिको आधुनिकीकरण र व्यवासायीकरण मार्फत उत्पादन र रोजगारी बृद्धि गरिने छ । जमिन नहुने श्रमिकहरुका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गरिने छ । बैंकहरुबाट सुलभ कर्जाको बन्दोबस्त गर्ने र सरकारद्वारा सीप तालीमको प्रत्याभूति गरी समन्वयात्मक ढंगबाट कामलाई अघि बढाइने छ ।
विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरु अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आव्हान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन । म आव्हान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस्। अब आप्mनो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ । यस प्रयासबाट सबै घाइतेहरू पूर्ण निको भई श्रम बजारमा कार्यरत हुन सक्नेछन् ।
दिदीबहिनी तथा दाजुभाइहरु,
नेपाली समाजको परिवर्तन र अहिलेको स्थायित्व एवं विकासको परिस्थिति आफैं निर्माण भएको होइन । सही विचार र गन्तव्यमा आधारित बलिदानपूर्ण संघर्ष र सचेत प्रयासबाट मात्रै यस परिस्थितिको निर्माण भएको हो । आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ ।
एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो । आप्mना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भनेसरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।
आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नु पर्छ, युनियनजस्तै । हामीले आफ्ना आकांक्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्नुपर्छ, युनियनले भने जस्तै । कमीकमजोरी भए सच्याउनु पर्छ । तर, अराजक होइन– अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ ।
नेपालको राजनीतिक आन्दोलनले ट्रेडयुनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको छ । तर नेपाली ट्रेडयुनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ- अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीऊ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक सम्वाद गर्ने, अनि विविधता बीच एकता कायम गरी अघि बढ्ने ।
ट्रेडयुनियनले हामीलाई सिकाएको छ– “आपसी एकता र युनियन बनाउने भनेको भर्याङको खुट्किलो थपेजस्तै हो । तल्लो खुट्किलो बलियो भएमात्रै माथि पुगिन्छ । त्यसैले तल हेरौं, माथि मात्रै होइन ।”
त्यसैले म भन्न चाहन्छु, आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नु पर्छ, युनियनजस्तै । हामीले आफ्ना आकांक्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्नुपर्छ, युनियनले भने जस्तै । कमीकमजोरी भए सच्याउनु पर्छ । तर, अराजक होइन– अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ । आफैंलाई घात गर्ने होइन- इमान्दार बन्नुपर्छ, युनियनले भनेजस्तै ।
यस प्रसंगमा नेपालका मान्यताप्राप्त ट्रेडयुनियनहरुले निर्माण गरेको उनीहरुको साझा संस्था– जेटियुसीसीलाई म स्मरण गर्न चाहन्छु । र, यसको छाताभित्र समेटिएका सबै ट्रेडयुनियनहरु, तिनमा आबद्ध श्रमिकहरु र सम्पूर्ण श्रमजीवी जनसमुदायहरुलाई यस बर्षको मे दिवसको अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हेर्नुहोस् भिडियो
" />

">