काठमाडौं। रोल्पाको त्रिवेणी गाउँपालिका-७ मा बम विष्फोटमा परेर चारजना बालबालिकाले ज्यान गुमाएका छन्।
विष्फोटमा गैरीगाउँका ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले ज्यान गुमाए। अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ।
मृतक बालबालिकाको शव भएको नजिकै अर्को बम पनि फेला परेपछि त्यहाँ सेनाको बम डिस्पोजल टोली खटिएको छ।
“अर्को बम पनि भेटिएको छ। अहिले सेना र प्रहरीले घटनास्थलमा छ”, त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले भने, “सुरक्षा निकायका अनुसार पुरानो नभई केही समय अघि नै राखिएको बम हुन सक्ने भन्ने छ।”
उनले बम पुरानो नभएको हुन सक्ने सुरक्षा निकायको भनाइ आएको बताए। उनका अनुसार बालबालिकाको शव क्षतविक्षत अवस्थामा रहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख, डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेमा स्थानीय १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र १३ गौरव नेपाली रहेका छन्।
“बम कसरी विष्फोट भयो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन”, डीएसपी गुरुङले देखापढीसँग भने, “म लगायतको टोली अहिले घटनास्थलमा नै छ। हामीले घटनाको अनुसन्धान गरिरहेका छौं।”
आज बेलुका ६ बजेतिर बाख्रा चराउन जङ्गल गएका बालबालिकाले खेलाउने जस्तो वस्तु देखेपछि चलाएका थिए। लगत्तै विष्फोट भएको खबर आएको हो।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख, डीआईजी रविन्द्र धानुकले प्रहरीको टोली अहिले घटनास्थलमा रहेको र आवश्यक अनुसन्धान भइरहेको बताए।
“बम कसले र किन राख्यो। अहिले तत्कालै राखिएको हो वा पुरानो हो अनुसन्धान भइरहेको छ”, उनले भने, “प्रहरी खटिएर गम्भीर रूपमा घटनाको अनुसन्धान गरिरहेको छ। थप कुरा पछि थाहा हुन्छ।”
प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले बम राखेको हो वा द्वन्द्वकालमा नै राखिएको बम हो भन्ने विषयमा यकिन गर्न सकेको छैन।
रोल्पा तत्कालीन माओवादीले जनयुद्व शुरूवात गरेको जिल्ला हो। अहिले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहले पनि रोल्पामा नै आफ्ना गतिविधि तीव्र पारेको अवस्थामा बम विष्फोट भएको घटनालाई सुरक्षा निकायले नेत्रविक्रम चन्द समूहले नै राखेको हुन सक्ने आशंका गरेको छ।
“बम राख्ने, शान्ति सुरक्षामा प्रभाव पार्ने गतिविधि अहिले विप्लव समूहबाट नै हुन्छ”, प्रहरीको विशेष ब्यूरोका एक अधिकृतले भने, “उनीहरूको योजना अशान्ति फैलाउने हो। त्यसै अनुसार पनि रोल्पामा बम राखेर विष्फोटको घटना गराइएको हुन सक्छ।”
ती अधिकृतले पनि उक्त बम अहिले नै राखिएको हो वा पुरानो हो भन्ने अनुसन्धानबाट नै खुल्ने बताए।
पढ्नुहोस्
रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु
" /> काठमाडौं। रोल्पाको त्रिवेणी गाउँपालिका-७ मा बम विष्फोटमा परेर चारजना बालबालिकाले ज्यान गुमाएका छन्।विष्फोटमा गैरीगाउँका ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले ज्यान गुमाए। अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ।

">