रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु

काठमाडौं। रोल्पामा वेवारिसे बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम विस्फोटमा चार बालबालिकाको मृत्यु भएको हो।

“बम कसरी विष्फोट भयो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन”, डीएसपी गुरुङले देखापढीसँग भने।

आफूलगायतको टोली घटनास्थलतर्फ परिचालन भइसकेको गुरुङको भनाइ छ।

प्रहरीका अनुसार आज बेलुका ६ बजेतिर बाख्रा चराउन जंगल गएका बालबालिकाहरू सो विस्फोटमा परेका हुन्।

त्रिवेणीको वडा नम्बर ७ गैरीगाउँमा आज बेलुका बालबालिकाले खेलौना सम्झेर चलाउने क्रममा सो बम विस्फोट भएको प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले देखापढीलाई बताए।

प्रतिक्रिया दिनुहोस्