काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण बीचमै स्थगित गरिएको फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दिइएको छ।
फ्रान्सका प्रधानमन्त्री एडुवार्डले फिलिपले त्यहाँको नेसनल एसेम्लीमा सम्बोधन गर्दै व्यवसायिक फुटबल सेप्टेम्बर अगाडी शुरू गर्न नसकिने बताएका थिए।
उनको सम्बोधनसँगै रद्द भएको फ्रान्सको शीर्ष श्रेणीको दुई लिग वान र लिग टू स्थगित भएको थियो। पीएसजीले उपाधि जित्दा एमियन्स र टुलुजका लागि दु:खद् रह्यो।
लिगमा अझै ३० अंकको खेल बाँकी रहँदा अंकतालिकाको पुछारमा रहेका दुई क्लब रेलिगेशनमा परेका छन्। २८ खेलबाट एमियन्सको २३ अंक थियो भने टुलुजको १३ अंक थियो।
लोरिएन्ट र लेन्स भने लिग टूबाट लिग वानमा बढुवा भएका छन्। पीएसजी, मार्सेल र रेनस च्याम्पियन्स लिगका लागि छनोट भएको गोल डटकमले जनाएको छ।
२७ खेलबाट पीएसजी ६८ अंकका साथ शीर्ष स्थानमा थियो भने मार्सेले ५६ अंकका साथ दोस्रो स्थानमा थियो। रेनस भने ५० अंकका साथ तेस्रो स्थानमा थियो।
यससँगै लियोनले १९९७ पछि पहिलोपटक च्याम्पियन्स लिग नखेल्ने भएको छ।
त्यस्तै, ४९ अंकका साथ चौंथो स्थानमा रहेको लिलि तथा समान ४१ अंकका साथ लिइम्स र नाइसले युरोपा लिगका लागि छनोट भएका छन्।
डेली मेलका अनुसार एलएफपी ब्युरोको प्रस्तावमाथि ‘बोर्ड अफ डिरेक्टर’मा मतादान हुनेछ। त्यसपछि त्यसलाई अनुमोदन गर्न साधारण सभामा लगिनेछ।
एलएफपीको प्रस्ताव पारित हुने पक्का जस्तै छ तथापी, प्रकृया पूरा भएपछि मात्र त्यसले औपचारिकता पाउनेछ। यसअघि बेल्जियम र नेदरल्याण्ड्सको लिग पनि रद्द गरिएको थियो।
बेज्लियमा विजेताको टुंगो लागे पनि नेदरल्याण्ड्समा भने विजेता र रेलिगेशन दुवै नहुने निर्णय गरिएको थियो।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण बीचमै स्थगित गरिएको फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दिइएको छ।फ्रान्सका प्रधानमन्त्री एडुवार्डले फिलिपले त्यहाँको नेसनल एसेम्लीमा सम्बोधन गर्दै व्यवसायिक फुटबल सेप्टेम्बर अगाडी शुरू गर्न नसकिने बताएका थिए।

">