काठमाडौं। बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संस्कार गरिएको छ। चन्दनवाण्डी आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको हो।
उनका छोरा रणविर कपुर, पत्नी नितु लगायत २४ जना शवयात्रामा सहभागी थिए। उनकी छोरी रिद्धिमा कपुर दिल्लीमा छन्।
गृहमन्त्रालयले उनलाई मुम्बई जाने अनुमति दिएको छ। उनले जहाज चार्टर्ड जाने अनुमति मागेकी थिइन्। तर, गृह त्यो अनुमति दिएन्।
जहाज चार्टर्डको अनुमति नपाएपछि उनी १४०० किलोमिटर सडक यात्राबाट मुम्बई गइन्।
जसले गर्दा उनी बुबाको अन्तिम संस्कारमा पुग्न सकिनन्।

ऋषिको अन्तिम संस्कारमा श्रीमती र छोराका साथै अभिनेत्री करिना कपुर, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, उद्योगी अनिल अम्बानी, अभिनेत्री आलिया भट्टलगायत आर्यघाट पुगेका थिए।
छोरी दिल्लीबाट पुग्न नसक्दा छोरा र श्रीमतीले दागबत्ती दिएका थिए।
दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका ऋषिको आज ६७ वर्षको उमेरमा मुम्बईस्थित ‘एच एन रिलायन्स’ अस्पतालमा निधन भएको थियो।
क्यान्सरसँग जुधिरहेका कपुरलाई श्वासप्रश्वासमा समस्या भएपछि १७ वैशाख राति अस्पताल लगिएको थियो।
" /> काठमाडौं। बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संस्कार गरिएको छ। चन्दनवाण्डी आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको हो।उनका छोरा रणविर कपुर, पत्नी नितु लगायत २४ जना शवयात्रामा सहभागी थिए। उनकी छोरी रिद्धिमा कपुर दिल्लीमा छन्।

">