हेटौंडा। मकवानपुरको पूर्वपश्चिम लोकमार्गमा डिजेल बोकेको ट्यांकरमा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चागुऔषध ओसारपसारमा संलग्न आरोपमा ट्याङकर चालक मकवानपुर थाहा नगरपालिका- ४ घर भई हेटौंडा उपमहानगरपालिका- ४ डेरा गरी बस्ने ३३ वर्षका बहादुर थोकर र ४५ वर्षका सेते लामालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
रक्सौलबाट काठमाडौं जाँदै गरेको ना. ३ ख ६४६६ नम्बरको डिजेल बोकेको ट्यांकर चेकजाँचको क्रममा तेल निकाल्ने लकिङ बक्समा लुकाएर राखिएको विनसाइरेक्स १०० एमएलको १५५ बोतल फेला परेको प्रहरीले जनाएको छ।
" /> हेटौंडा। मकवानपुरको पूर्वपश्चिम लोकमार्गमा डिजेल बोकेको ट्यांकरमा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

">