स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित एकजना पक्राउ <p>वीरगञ्&zwj;ज । प्रहरीले वीरगञ्&zwj;ज महागरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।</p> <p>स्थानीय २९ वर्षीय लालबाबु कुमार यादवलाई हिजो साँझ पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।&nbsp;</p> <p>हुण्डी कारोबार भइरहेको छ सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले उक्त रकमसहित यादवलाई पक्राउ गरेको हो।</p> <p>रक्सौलबाट वीरगञ्&zwj;जतर्फ गइरहेको ना६२प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नगद फेला परेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्