कटुवा पेस्तोलसहित पक्राउ <p>बारा । इलाका प्रहरी कार्यालय बारागढीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।</p> <p>बाराको बारागढी गाउँपालिका १ सिपुराटोलका ४० वर्षीय मनोज राय नेटुवालाई एकथान पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p>उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्