कर्णाली नदीमा एक बेपत्ता

हुम्ला। कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।

जुम्लाको कैलाश गाउँपालिका-१० मकवानपुर घर भई हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटनको काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन्।

काम गरेर कर्णाली नदीमा नुहाउन गएका उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

उनको खोजी भइरहेको र अहिले कर्णाली नदीनजिकका चौकीबाट प्रहरी परिचालन गरिएको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्