रहेनन् मशहूर अभिनेता ऋषि कपुर
काठमाडौं। बलिउडले चर्चित अभिनेता इरफान खानलाई गुमाएको भोलीपल्टै अर्का मशहूर अभिनेतालाई गुमाएको छ।

दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका चर्चित अभिनेता ऋषि कपुरको आज निधन भएको छ।

६७ वर्षको उमेरमा उनको निधन भएको ‘टाइम्स नाव’की ग्रुप सम्पादक नविका कुमारले जनाएकी छन्। "ऋषिकी पत्नी नितु कपुरले मलाई फोन गरेर निधन भएको जनाइन्", उनले भनेकी छन्।

आज बिहान उनको मुम्बईस्थित ‘एच एन रिलायन्स’ अस्पतालमा निधन भएको हो। क्यान्सरसँग जुधिरहेका कपुरलाई श्वासप्रश्वासमा समस्या भएपछि १७ गते राती (हिजो) अस्पताल लगिएको थियो।

ऋषिका लामो समयदेखिका साथी एवं ‘अमर अकबर एन्थोनी’ लगायतका धेरै फिल्ममा सँगै काम गरेका अभिनेता अमिताभ बच्चनले ट्वीट गर्दै उनको निधन पुष्टि गरेका छन्। लेखेका छन् - ‘उनी गए...! ऋषि कपुर ... गए ... भर्खरै बिते... म विचलित छु।’

झण्डै एक वर्षसम्मको क्यान्सर उपचारपछि कपुर गत सेप्टेम्बरमा अमेरिकाबाट फर्किएका थिए।

ऋषि कपुरले सन् २०१९ मा पछिल्लो पटक ‘द बडी’ र ‘झुटा कहीँका’ अभिनय गरेका थिए। तिनै फिल्म उनका अन्तिम बन्न पुगे।

उनी हलिउड फिल्म ‘द इन्टर्न’ को रिमेकमा दिपिका पादुकोणसँग अभिनय गर्ने तयारीमा थिए।

ऋषिको अभिनय यात्रा सानै उमेरमा भएको थियो। आफ्ना पिता राज कपुरको फिल्म ‘श्री ४२०’मा ‘प्यार हुवा, इकरार हुवा’मा अभिनय गरेसँगै उनी फिल्म दुनियाँमा छिरेका थिए। तर, उनको वास्तविक यात्रा भने अर्कको फिल्म ‘मेरा नाम जोकर’ (१९७०) बाट भयो। पिताले बनाएको उक्त फिल्ममा उनले बाल कलाकारको रूपमा डेब्यु गरेका थिए। त्यसैबाट उनले फिल्मफेयर अवार्ड पनि पाएका थिए।

सन् १९७३ मा ‘बबी’मा अभिनय गरेसँगै उनको युवा भूमिका शुरू भयो। त्यस फिल्मबाट पनि उनले फिल्मफेयर अवार्ड जिते।

सन् १९७३ देखि २००० सम्म उनले ९२ वटा फिल्ममा प्रमुख भूमिका निभाएका छन्। सन् २००८ मा उनलाई ‘फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गरिएको थियो। उनले पत्नी नितु सिंह (कपुर) सँग विवाह हुनु पहिला १२ वटा फिल्ममा अभिनय गरेका थिए।

बबी, लैला मजनु, रफु चक्कर, सरगम, कर्ज, प्रेम रोग, नागिना, हनिमुन, चाँदनी, हिना, बोल राधा बोल जस्ता फिल्ममा उनी प्रमुख भूमिकामा छन्। त्यस्तै दुई प्रमुख अभिनेता भएका १३ वटा फिल्ममा पनि उनको मुख्य भूमिका छ। ती हुन्- खेल खेल में, कभि कभि, हम किसीसे कम नहीँ, बदल्ते रिस्ते, आप की दिवाने, सागर, अजुबा, चाँदनी, दिवाना, दमिनी, गुरूदेव, दरार र कारोबार।

उनका पुत्र रणविर कपुर पनि बलिउडका मशहुर अभिनेता हुन्। उनकी पुत्री रिदिमा कपुर भने फिल्म लाइनमा छैनिन्।

प्रतिक्रिया दिनुहोस्