बेलायती प्रधानमन्त्रीलाई पुत्र लाभ
उनको डेलिभरी चिकित्सकले तोकेको समयभन्दा केही अगाडि भएको छ। ३२ वर्षीया साइमन्ड्सले यसअघि उनको बच्चा गर्मी शुरु हुनुभन्दा केही अगाडि जन्मिने बताएकी थिइन्।
५५ वर्षीय जोनसन कोरोना भाइरसको संक्रमणमा परी भरखरै स्वास्थ्य लाभपछि काममा फिरेका छन्। यहीबेला उनलाई पुत्रलाभको खुशी मिलेको छ। सन् १९१८ को इन्फ्लुएन्जाको प्रकोपयता पहिलोपटक बेलायतले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको छ।
‘प्रधानमन्त्री र सुश्री साइमन्ड्स आज बिहान लन्डन अस्पतालमा एक स्वस्थ बच्चाको जन्म भएको घोषणा गर्न उत्सुक हुनु हुन्छ,’ प्रधानमन्त्री दम्पतीका प्रवक्ताले भने, ‘आमा र बच्चा दुवैको स्वास्थ्य स्थिति राम्रो छ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतकी महारानी एलिजाबेथले प्रधानमन्त्री दम्पतीलाई पुत्रलाभका लागि बधाइ दिएकी छन्।
प्रतिक्रिया दिनुहोस्