इरफानकाे अन्तिम यात्रामा २० जना मात्र सहभागी
काठमाडाैं। ५४ वर्षको उमेरमै ज्यान गुमाएका बलिउड अभिनेता इरफान खानको शव मुम्बईको वर्सोवा कब्रिस्तानमा गाडिएको छ।

दुई छोरा अयान र बाबिलका साथै परिवारका थोरै सदस्य र इरफानका केही साथी अन्तिम यात्रामा सहभागी थिए। उनको अन्तिम यात्रामा २० जना मात्र सहभागी थिए।

उनलाई अस्पतालबाट सीधै कब्रिस्तान लगिएको भारतीय मिडियाले जनाएका छन्। कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा उनको आज निधन भएको थियो।

इरफानलाई एक हप्ता पहिले आन्द्रामा संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। र, आईसीयूमा राखेर उपचार भइरहेको थियो।

लकडाउनका कारण प्रहरीले उनको पार्थिव शरिर घर लैजान दिएको थिएन। त्यसैले अस्पतालबाट सीधै कब्रिस्तान लगिएको थियो।

भारतीय मिडियाका अनुसार इरफानले अन्तिम श्वास लिँदा आमालाई पुकारेका थिए।

सेलेब फोटोग्राफर विरल भयानीले गरेको पोष्टमा इरफानले अन्तिम श्वास लिनुभन्दा पहिला उनको मुखबाट आमा मलाई लिन आए भन्ने शब्द निक्लिएको जनाएका छन्।

चार दिन पहिला मात्र उनकी ९५ वर्षीया आमा सइदा बेगमको जयपुरमा निधन भएको थियो।

उनले आफ्नी आमासँग अन्तिम समय भिडिओ कलमार्फत् कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्